स्थापना दिवसमा ग्लोबल आइएमईको प्रभातफेरी

नेपालभ्युज

स्थापना दिवसमा ग्लोबल आइएमईको प्रभातफेरी

काठमाडौं। आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिबार बिहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेर मनाएको छ।

केन्द्रीय कार्यालय पानीपोखारीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धि नारा अंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो।

हरेक वर्ष २९ जेठमा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved