प्रतिपक्षीले संशोधन प्रस्ताव फिर्ता लिएपछि सर्वसम्मत पारित भयो मधेश सरकारको नीति तथा कार्यक्रम

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको नीति तथा कार्यक्रममा भएका कमी कमजोरीहरूलाई बजेटमा समावेश गरेर ल्याउने प्रतिबद्धता जनाएपछि नेकपा एमाले तथा लोसपाका प्रदेशसभाका सदस्यहरूले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए।

नेपालभ्युज

प्रतिपक्षीले संशोधन प्रस्ताव फिर्ता लिएपछि सर्वसम्मत पारित भयो मधेश सरकारको नीति तथा कार्यक्रम

जनकपुरधाम। मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले २२ जेठमा प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रम हिजो (बुधबार)को बैठकबाट सर्वसम्मत पारित भएको हो।

नीति तथा कार्यक्रममा भएका कमीकमजोरीबारे प्रदेशसभा सदस्यहरूले उठाएका सबालहरुमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सर्वसम्मतले पारित भएको हो।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको नीति तथा कार्यक्रममा भएका कमी कमजोरीहरूलाई बजेटमा समावेश गरेर ल्याउने प्रतिबद्धता जनाएपछि नेकपा एमाले तथा लोसपाका प्रदेशसभाका सदस्यहरूले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए।

त्यसपछि, नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए।

नीति तथा कार्यक्रममा संशोधन हालेका नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्मा, जसपाका प्रदेशसभा सदस्य बच्चा राउत अहिर, लोसपाका प्रदेशसभा सदस्यहरु परमेश्वर साह र वासुलाल साह कानुले संशोधन प्रस्ताव फिर्ता लिएका थिए।

प्रदेशसभाको बैठकमा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गरेको सञ्चार ऐन २०७७ समेत सर्वसम्मतिले पारित भएको छ। अब प्रदेशसभाको अर्को बैठक २७ जेठमा बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved