गठबन्धन भत्काउन कुप्रचार गरियो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन्।

नेपालभ्युज

गठबन्धन भत्काउन कुप्रचार गरियो : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन्।

बुधबार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गठबन्धन भत्काउने उद्देश्यले गरिएको कुप्रचारमा नलाग्न पार्टी पंक्तिलाई आह्वान गरे।

‘‘गठबन्धन भत्काउन अनेकौं कूप्रचार गरिएको छ। यो धेरै समय टिक्दैन भनिएको छ’’, उनले भने, ‘‘यस्तो कुप्रचारको पछाडि नलागौँ। हामी हामी यो गठबन्धनलाई आउने चुनावसम्म चुनावपछिको अवस्थासम्म लिएर जान चाहन्छौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved