ल्याइँदै मधेश प्रदेशको बजेट : विपन्न परिवारलाई भत्ता

नेपालभ्युज

ल्याइँदै मधेश प्रदेशको बजेट : विपन्न परिवारलाई भत्ता

जनकपुरधाम। मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० बजेट ल्याउने तयारी तीव्र पारेको छ।

प्रदेश सरकारले ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ पठाएर बजेट निर्माण पनि शुरु गरिसकेको बताइएको छ। गत आवभन्दा अब आउने बजेटको आकार बढेर आउने भएको छ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले बजेटको परिचालन लगायतको विषयमा छलफल गरेर बजेटको आकार केही बढ्ने बताए। झाले चालू आर्थिक वर्षमा ३३ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा ३३ देखि ३७ अर्बको बजेट ल्याउने जानकारी दिए।

सरकारले विज्ञहरूकै सल्लाह र सुझावका आधारमा बजेट निर्माण गर्न लागिएको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. झाले जानकारी दिए। उनले प्रदेश सरकारले कृषि क्षेत्रलाई केन्द्रित गरी बजेट निर्माण गरिरहेको बताए। झाले भने, “यो वर्षको बजेटको प्राथमिकता भनेकै कृषि हो।”

यस पटकको बजेटमा विपन्न समुदायलाई निर्वाह भत्तास्वरूप प्रति महीना एक हजार रुपैयाँ दिने योजना समावेश गरिएको बताइएको छ। यसका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने र स्रोतको सुनिश्चितता गरिएको झाले बताए।

यस्तै‚ प्रत्येक वडामा स्वास्थ्य चौकी र गाउँपालिकाका सामुदायिक विद्यालयमा एउटा शिक्षकको व्यवस्था लगायत योजना बजेटमा समावेश गरिएको छ।

झाले बजेटमा स्वरोजगारका लागि अनुदान लगायत व्यवस्था गरिने बताए। विगतमा विभिन्न मन्त्रालयले अवण्डा रकम अत्यधिक राखेकाले विकास निर्माणको कार्यमा ढिलासुस्ती तथा योजनामा मन्त्रालयमा पहुँचको आधारमा वितरण गरिने गरिएकाले आगामी बजेटमा त्यसलाई निरुत्साहित गरिने झाले जनाए।

यस्तै‚ प्रत्येक वडामा टोल क्लिनिक र गाउँपालिकाका सामुदायिक विद्यालयमा एउटा शिक्षकको व्यवस्थालगायत योजना बजेटमा समावेश गरिने झाले जानकारी दिए।

प्रत्येक जिल्लामा नमूना माध्यमिक विद्यालय निर्माण गर्नुका साथै दलित वर्गका विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न उनीहरूको अभिवाकको खातामा केही रकम पठाउने योजना समेत समावेश गरिएको छ।

प्रत्येक पालिकाको स्वास्थ्य केन्द्रमा एकजना एमबीबीएस डाक्टर राखेर वृद्धवृद्धाका लागि घरदैलो सेवा सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरिएको झाले जानकारी दिए।


Comment

One thought on “ल्याइँदै मधेश प्रदेशको बजेट : विपन्न परिवारलाई भत्ता

  1. अब जातपात नही , आर्थिक बिपन्नता ही आधार बने .. भारत भी अब आर्थिक बिपन्नता को ही आधार बनाने के मार्ग पर उत्सुक हो रहा है ..
    जय मधेशी राष्ट्रीयता .. 🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved