बर्दियामा माथिको आदेशबिनै गोली चलेको हो, हाम्रो आदेश थिएन- गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन नगरपालिका–२ सोनाहामा गृह मन्त्रालयको आदेशबिनै प्रहरीले गोली चलाएको आरोप लगाएका छन्।

नेपालभ्युज

बर्दियामा माथिको आदेशबिनै गोली चलेको हो, हाम्रो आदेश थिएन- गृहमन्त्री

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले बर्दियाको मधुवन नगरपालिका–२ सोनाहामा गृह मन्त्रालयको आदेशबिनै प्रहरीले गोली चलाएको आरोप लगाएका छन्। घटनाका विषयमा सांसदहरूले प्रश्न उठाएपछि प्रतिनिधिसभामा जवाफ दिँदै उनले प्रहरीलाई नै दोष लगाएका हुन्।

यद्यपि कसरी गोली चल्यो भनेर छानबिन गर्ने उनले बताए। उनले भने, ‘‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश दिएको छैन भन्नुभएको छ। नागरिकको भीडमा गोली चलाउने आदेश छँदैछैन। सम्झाई बुझाइ गर्ने, सर्वपक्षीय–सर्वदलीय बैठक राखेर समस्या समाधान गर्ने हो।’’

बर्दियामा सोमबार भएको घटनाका विषयमा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन्।

बर्दियामा बाघको आक्रमणपछि उत्पन्न तनावग्रस्त भीडमा प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएपछि तनाव झन् थपिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved