बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालभ्युज

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा। पोखरामा बसको ठक्करबाट तनहुँका एक जनाको मृत्यु भएको छ।

पोखराबाट तनहुँतर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको बसको ठक्करबाट घिरिङ गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–२७ अर्घौचोक बस्ने ६५ वर्षीय इमराज लामिछानेको मृत्यु भएको हो।

बसको ठक्करबाट घाइते लामिछानेलाई उपचारका लागि क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved