एन्फा निर्वाचन : चार जनाको उम्मेदवारी फिर्ता, २१ पदमा ४९ जनाको प्रतिस्पर्धा

मनोनयन दर्ता गराएकामध्ये चार जनाले उम्मेदवारी फिर्ता लिएपछि अब ४९ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन्।

नेपालभ्युज

एन्फा निर्वाचन : चार जनाको उम्मेदवारी फिर्ता, २१ पदमा ४९ जनाको प्रतिस्पर्धा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनमा ४९ जनाले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम सूचीमा ४९ जना कायम भएका हुन्।

एन्फाको २१ सदस्यीय कार्य समितिका लागि कूल ५४ जनको उम्मेदवारी परेको थियो। तर, मनोनयन दर्ता गराएकामध्ये चार जनाले उम्मेदवारी फिर्ता लिएपछि अब ४९ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन्।

निर्वाचन समितिका अनुसार सदस्यका उम्मेदवारहरु मणिराज लिम्बु, बिमला पौडेल, बालकृष्ण सिंह ठकुरी र सम्भु सिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका हुन्। रमेश श्रेष्ठको भने उम्मेदवारी रद्द भएको थियो।

एन्फाको निर्वाचन कार्यतालिका अनुसार हिजो शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय थियो। निर्वाचन समितिले हिजो नै उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गरिसकेको छ।

कायम रहेको उम्मेदवारी अनुसार अब अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । एन्फाको केन्द्रीय निर्वाचन ६ असारमा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved