पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोड्नुपर्छ : भीम रावल

नेकपा (एमाले) का सांसद भीम रावलले पेट्रोलियम पदार्थ आयातमा भारतको मात्रै भर परेर बस्न नहुने बताएका छन्।

नेपालभ्युज

पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोड्नुपर्छ : भीम रावल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का सांसद भीम रावलले पेट्रोलियम पदार्थ आयातमा भारतको मात्रै भर परेर बस्न नहुने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रावलले पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोडेर अन्य देशबाट पनि आयात गर्नुपर्ने बताए।

‘‘सरकारले तत्कालै खुला बजारबाट कहाँ सस्तो पाइन्छ त्यहाँबाट ल्याउन प्रयास थालोस्। यसले एउटा देशमाथिको निर्भरता हट्छ’’, उनले भने।

सांसद रावलले खुला सिमानालाई अन्तर्राष्ट्रिय कानूनबमोजिम नियमन गर्न पनि सरकारलाई सुझाव दिए। यसो गर्दा नेपालले अनावश्यक बाह्य मूल्यका चापहरूलाई झेल्नुपर्ने स्थिति नरहने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved