आयोगले बढायो चिकित्सा शिक्षा शुल्क, एमबीबीएस पढ्न अब ४६ लाख लाग्ने

नेपालभ्युज

आयोगले बढायो चिकित्सा शिक्षा शुल्क, एमबीबीएस पढ्न अब ४६ लाख लाग्ने

काठमाडौं। चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका स्नातक तहका सबै संकायको शुल्क  बढाउने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो। बढेको शुल्क अब शुरु हुने नयाँ शैक्षिक सत्रबाटै लागू हुने आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार सबै संकायको पठनपाठनमा ३.६ प्रतिशतले शुल्क बढाएको हो।

यसअघि एमबीबीएस अध्ययनका लागि उपत्याकाभित्र ४० लाख २३ हजार २५२ रुपैयाँ शुल्क लाग्ने गरेकोमा अब ४१ लाख ६८ हजार ८७ रुपैयाँ लाग्ने भएको छ। उपत्यकाबाहिर अध्ययनको शुल्क भने करीब ४६ लाख पुगेको छ। आयोगले उपत्यकाबाहिर एमबीबीएस अध्ययनको शुल्क एक लाख ५९ हजार ६९६ रुपैयाँले बढाएर ४५ लाख ९५ हजार ७२१ पुर्‍याएको छ।

यसैगरी बीडीएसको शुल्क २० लाख ९२ हजार २८४, बीएससी नर्सिङको १० लाख ३६ हजार, बीएएमएसको ११ लाख ३१ हजार ९३३, बीएनएस एण्ड पीबीएनको ५ लाख १८ हजार रुपैयाँ पुगेको छ।

यस्तै बीपीटी, बीएससी एमएलटी, बीएससी एमआईटी, बीएससी मेडिकल माइक्रोबायोलोजी, बायोकेमेस्ट्रीको ७ लाख ७७ हजार पुगेको छ। शुल्क वृद्धिपछि  बी फार्मा, बीपीएच, बीओपीटीएम, बीएएसएलएपी अध्ययनको शुल्क ७ लाख ७७ हजार रूपैयाँ लाग्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved