ललितपुर महानगरभित्र धूमपान निषेध अभियान चलाइने

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर नगर क्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन्।

नेपालभ्युज

ललितपुर महानगरभित्र धूमपान निषेध अभियान चलाइने

काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर नगर क्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन्।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा उनले प्रत्येक घरघरमा गएर धूमपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताए।

उनका अनुसार जनप्रतिनिधि र नगर प्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवनविरुद्धको अभियान सञ्चालन गर्नेछन्।

नगरप्रमुख महर्जनले पाटन, पुल्चोक, जावलाखेल र लखनखेल धूमपान निधेष क्षेत्र घोषणा गरिसकेको जानकारी गराउँदै अन्य क्षेत्रलाई पनि घोषणाको तयारी गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved