लमजुङमा टिप्पर दुर्घटना, चार जनाको मृत्यु

लमजुङ मध्यनेपाल नगरपालिकामा टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

नेपालभ्युज

लमजुङमा टिप्पर दुर्घटना, चार जनाको मृत्यु
सांकेतिक तस्वीर।

लमजुङ। लमजुङ मध्यनेपाल नगरपालिकामा टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मध्यनेपालस्थित भोर्लेटारबाट आज दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको हाे।

धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

उनले भने, “मध्यपहाडी लोकमार्गको उक्त टिपर सोही मार्ग निर्माणका लागि ढुङ्गा लोड गरेर ल्याउने क्रममा बाटो साँघुरोका कारण सडकबाट ३० मिटर तल खसेको छ।”

अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीन जनाको सोही टिप्परले च्यापिएर मृत्यु भएको छ। उनीहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। सबै जना सोही मार्गमा काम गर्ने मजदुर रहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved