‘चुच्चे नक्सासहितको पुस्तक सार्वजनिक गर्न ओलीले नै रोक्नुभयो’

नेपालभ्युज

‘चुच्चे नक्सासहितको पुस्तक सार्वजनिक गर्न ओलीले नै रोक्नुभयो’

काठमाडौं । लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका सत्तासाझेदर नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले आरोप लगाएका छन्।

तत्कालीन शिक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरेपनि उनले नै आफू प्रधानमन्त्री रहेकै बेला सो पुस्तक सार्वजनिक गर्न रोक लगाएको बताए।

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेको तर्क गरे। उनले राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि ओलीलाई सचेत गराए।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको भन्दै नेता पोखरेलले असन्तुष्टिसमेत व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved