नक्कली सुनका ढिक्का दिएर सक्कली सुन लैजाने गिरोह पक्राउ

नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोह नै पक्राउ परेकाे छ।

नेपालभ्युज

नक्कली सुनका ढिक्का दिएर सक्कली सुन लैजाने गिरोह पक्राउ

लुम्बिनी। रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ।

रुपन्देहीको गैडहवा गाउँपालिका–९ धुसुवा बस्ने ३७ वर्षीय काके भन्ने धनबहादुर सुनार, कञ्चन गाउँपालिका–१ हात्तीबजार बस्ने ३७ वर्षीय नवीन भन्ने देवबहादुर मगरलाई सैनामैना नगरपालिका–१ हात्ती बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रुपन्देहीकाे सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगि गरेको अभियाेगमा उनीहरु पक्राउ परेका हुन्।

उनीहरुले पीडित महिलालाई होटलमा बोलाई तपाईंको पुरानो बाँकी रहेको पैसा दिन्छौँ भनी विभिन्न प्रलोभनमा पारेर नक्कली सुनका ढिक्का दिएर महिलासँग रहेको सुनको चेन (ब्रासलेट) समेत लिई फरार रहेका थिए।

उनीहरुकाे साथबाट सुन जस्तो देखिने पहेँलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान र विभिन्न कम्पनीका मोबाइल सेट चार थान र पीडितको ब्रासलेट गालेर बनाएको करिब १ तोला ७ लाल बराबर तौलको सुनको डल्लासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved