एमाले प्रतिनिधि बस्न नमानेपछि पोखरामा राेकियाे मतगणना

पोखरा महानगरपालिकाको तीन ओटा वडामा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि गणनास्थलमा बस्न नमानेपछि मतगणना राेकिएकाे छ।

नेपालभ्युज

एमाले प्रतिनिधि बस्न नमानेपछि पोखरामा राेकियाे मतगणना

काठमाडौं। पोखरा महानगरपालिकाको तीन ओटा वडामा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि गणनास्थलमा बस्न नमानेपछि मतगणना राेकिएकाे छ।

पोखराको २२, ३२ र ३३ वडामा जारी मतगणना राेकिएकाे मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले जनाएकाे छ।

नेकपा एमालेले पोखरा १८ र ३१ मा पनि पुन: मगणनाकाे माग गरेकाे छ। वडा ३१ को नतिजा सोमबार आएको थियो भने १८ को नतिजा आज आएको हो। मतपरिणाम प्रतिस्पर्धीको भन्दा कम आएपछि एमालेले पुन: मतगणना गर्न माग गरेको हो।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी पोखराले जनाएको छ।

वडा नम्बर ३१ मा नेपाली कांग्रेसका ढकनाथ कँडेल र १८ मा कांग्रेसकै शिवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन्।

वडा नम्बर १८ मा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो भने ३१ मा एमालेकाे ३ मत कम थियाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved