धर्मनिरपेक्षताको आडमा नेपाल धर्म परिवर्तनको शिकार भयो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षताको आडमा नेपाल संगठित र योजनाबद्ध धर्मपरिवर्तनको शिकार भएको बताएका छन्।

नेपालभ्युज

धर्मनिरपेक्षताको आडमा नेपाल धर्म परिवर्तनको शिकार भयो : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षताको आडमा नेपाल संगठित र योजनाबद्ध धर्मपरिवर्तनको शिकार भएको बताएका छन्।

पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिमा आफ्नो प्रतिवेदन पेस गर्दै थापाले नेपाल धर्म परिवर्तनको शिकार भएको बताएका हुन्। ‘धर्मनिरपेक्षताको आडमा नेपाल संगठित र योजनाबद्ध धर्मपरिवर्तनको शिकार भएको छ। यहाँ बाह्यशक्तिहरुको चलखेल र प्रभाव व्यापक भएको छ’, थापाको राजनीतिक प्रतिवेदनमा भनिएको छ।

यस्तै उनले नेपालमा प्रमुख राजनीतिक दल र दलका नेताप्रति जनमानसरमा तीव्र असन्तुष्टि र वितृष्णा पैदा भएको पनि उल्लेख गरेका छन्। हालै सम्पन्न स्थानीय निर्वाचनमा समेत यसको स्पष्ट संकेत देखा परेको उनले औंल्याए।

राजनीतिकरुपमा जनविश्वास घट्दै जाँदा दलहरुले असुरक्षित महसुस गरिरहेकाे र सिद्धान्तहिन गठबन्धन गरेर आफ्नो अस्तित्व र वर्चस्व रक्षा गर्न उद्यत रहेका रहेकाे थापाले बताए। आगामी केही वर्ष नेपालमा गठबन्धनको राजनीति हावी हुने सम्भावना रहेकाे उनकाे भनाइ छ।

थापाले स्थानीय निर्वाचनमा प्राप्त अनुभवबाट पाठ सिकेर अब राप्रपा नेपालले संसदीय निर्वाचनको तयारी गर्नुपर्ने धारणा राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved