पुर्नवास नगरपालिकाको दुवै पदमा कांग्रेस विजयी

नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६०० र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपालभ्युज

पुर्नवास नगरपालिकाको दुवै पदमा कांग्रेस विजयी

कञ्चनपुर। कञ्चनपुरको पुर्नवास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन्।

नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६०० र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सो नगरप्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन्।

अघिल्लो पटक पुर्नवासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved