भीमदत्तको प्रमुख र उपप्रमुख दवैमा कांग्रेस उम्मेदवार निर्वाचित

नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन्। उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए।

नेपालभ्युज

भीमदत्तको प्रमुख र उपप्रमुख दवैमा कांग्रेस उम्मेदवार निर्वाचित

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरे। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।

नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन्। उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भइन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरे।

१९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved