छानबिन समितिको निष्कर्ष : अलमुताइरीको विकल्प खोजौं

नेपालभ्युज

छानबिन समितिको निष्कर्ष : अलमुताइरीको विकल्प खोजौं
फाइल तस्वीर

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल खेलाडी र मुख्य प्रशिक्षक विवादमा छानबिन समितिले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विकल्प खोज्न सिफारिस गरेको छ।

समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई बुझाएको प्रतिवेदनमा यो घटनामा अलमुताइरीको दोष देखाइएको छ।

यसै महीना हुने एसियन कप छनोट खेलपछि नेपालको मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सुझाव दिएको हो। शुक्रबार एन्फाले सार्वजनिक गरेको प्रतिवेदनले अनुसार खेलाडीहरुले आफैले बन्द प्रशिक्षण छाडेर गएको नभई अलमुताइरीले बारम्बार अमर्यादित भाषामा छाडेर जा भनेपछि प्रशिक्षण छाडेको निष्कर्ष निकालेको छ।

प्रशिक्षकलाई एन्फा सचिवालय अन्तर्गत रहि कार्य नगरी एकलौटी र स्वछाचारी रुपमा कार्य गर्ने प्रवृति बढ्दै गरेका निष्कर्ष, खेलाडी छनौट र प्रशिक्षण मात्र जिम्मेवारी भएकोमा व्यबस्थापनमा सम्बन्धी कार्यमा समेत हस्तक्षेप गरेको
तर यो विषयमा समाधानमा जानुको साँटो पत्रकार सम्मेलन गरेर समस्या अझ बढाएको आरोपमा खेलाडीलाई आसन्न एसियन कप छनोट प्रतियोगितामा सहभागि नहुने कारवाही गर्न पनि सुझाव दिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved