लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

नेपालभ्युज

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

जनकपुरधाम। महोत्तरीको लोहरपट्टी नगरपालिकामा नेपाली कांग्रेसका शैलेन्द्रकुमार यादव पुनः निर्वाचित भएका छन्।

अघिल्लो निर्वाचनबाट लोहारपट्टीको नगरप्रमुख निर्वाचित भएका यादव पाँच हजार ४२९ मत लिएर कार्यकाल दोहोर्‍याएका हुन्। यादवले ५ हजार ४२९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी (लोसपा) का रामसुहाग यादवले ४ हजार ६७५ मत ल्याए।

उपप्रमुखमा नेपाली कांग्रेसकी सरिता शर्मा पाँच हजार २८१ मत ल्याएर निर्वाचित हुँदा लोसपाकी वहिदा खातुन चार हजार १४३ मतल्याएर पराजित भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved