स्मार्ट च्वाइस टेक्नोलोजिज् र फर्स्ट पेबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र फर्स्ट पे टेक्नोलोजिजबीच अन्तर–आबद्धताको सम्झौता भएको छ।

नेपालभ्युज

स्मार्ट च्वाइस टेक्नोलोजिज् र फर्स्ट पेबीच सम्झौता

काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज र फर्स्ट पे टेक्नोलोजिजबीच अन्तर–आबद्धताको सम्झौता भएको छ।

नेपाल राष्ट्र बैंकले माघ, २०७८ मा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक (PSO) तथा भुक्तानी सेवा प्रदायक (PSP) लाई अन्तर आबद्धताको लागि दिएकाे निर्देशन बमाेजिम सम्झौता भएकाे हाे।

स्मार्ट च्वाइसको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सेवा सञ्चालन सम्झौतापत्रमा हस्ताक्षर गरे।

यस सम्झौता पश्चात फर्स्ट पे क्यूआरको सुविधा लिएका व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक (PSP) वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved