आफ्नै वडामा वड दोब्बर मतले पछि, वडा पनि माओवादीको पोल्टामा

नेपालभ्युज

आफ्नै वडामा वड दोब्बर मतले पछि, वडा पनि माओवादीको पोल्टामा

धनगढी। सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नृप वडको वडा धनगढी-६ मा माओवादीको प्यानलसहित विजयी भएको छ। वड आफू पनि दोब्बर मतले पछाडि परेका छन्।

गत निर्वाचनमा आफैंले हराएका स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग वड दोब्बर मतले पछाडि छन्। शुक्रबार दिउँसो ३ बजेसम्म स्वतन्त्र उम्मेदवार हमालले १९ हजार ६२१ मत पाएका छन् भने कांग्रेसबाट गठबन्धनका उम्मेदवार वडले ९ हजार ७११ मत मात्रै प्राप्त गरेका छन्। हमाल र वडबीच ९ हजार ९१० मतको अन्तर छ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ४४ हजार १०३ मत गणना भएको छ।

वडको आफ्नै वडामा नेकपा माओवादी केन्द्रका भगीराम चौधरी प्यानलसहित विजयी भएका छन्। चौधरीले ९५३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका इस्वरीजँग बमले ७०४ मत पाएका छन्।

सदस्यमा माओवादीकै महेन्द्र थापा, भावना चौधरी, रामबहादुर राना, रिता मगराती निर्वाचित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved