सिरहाको धनगढीमाईको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

मेयरमा एमालेका शिवशंकर महतो ७ हजार ५६ मत ल्याएर विजयी भएका छन्। महतोको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले ७ हजार ५६ मत पाए।

नेपालभ्युज

सिरहाको धनगढीमाईको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

जनकपुरधाम। सिरहाको धनगढीमाई नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

मेयरमा एमालेका शिवशंकर महतो ७ हजार ५६ मत ल्याएर विजयी भएका छन्। महतोको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले ७ हजार ५६ मत पाए।

यस्तै, निवर्तमान मेयरसमेत रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनारायण चौधरीले ४ हजार ३६९ मत मात्रै पाए।

मेयर निर्वाचित महतो एमालेका जिल्ला सचिव हुन् भने निकतटम प्रतिस्पर्धी कांग्रेसका यादव पूर्वसांसद हुन्।

उपमेयरमा कांग्रेसकी संगिता कुमारी चौधरी ६ हजार ६१३ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी शोभा कुमारी वराल ६ हजार ३७८ मत पाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved