अछामको साँफेबगरमा ६ जेठमा पुन: मतदान हुने

नेपालभ्युज

अछामको साँफेबगरमा ६ जेठमा पुन: मतदान हुने

काठमाडौं। गत ३० वैशाखमा मतदानका क्रममा मतदान केन्द्रमै झडप भएपछि स्थगित भएको अछामको साँफेबगरमा ६ जेठमा मतदान हुने भएको छ।

साँफेबगर नगपालिका–१३ बाब्ला रहेको मतदान केन्द्रमा झडप हुँदा मतदान स्थगित भएको थियो। मतदान जारी रहेकै बेला नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन पक्षबीच झडप भएपछि मतदान स्थगित भएको थियो।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ र बाजुरा जिल्ला बूढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने उनको भनाइ थियो।

आयोगले निर्वाचनको क्रममा मतदान स्थलमा कानून विपरित गतिविधिमा संलग्न लाई पक्राउ गरी कारबाही गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको पनि जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved