सुरूङ्गा नगरपालिकाको मेयरमा कांग्रेसकी गीता चौधरी निर्वाचित

सप्तरीको सुरूङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्‍मेदवार निर्वाचित भएका छन्।

नेपालभ्युज

सुरूङ्गा नगरपालिकाको मेयरमा कांग्रेसकी गीता चौधरी निर्वाचित

जनकपुरधाम। सप्तरीको सुरूङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्‍मेदवार निर्वाचित भएका छन्। नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन्।

निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का राम नारायण चौधरी र जनता समाजवादीका मोहम्मद साबीर अलीलाई तीन हजार बढी मतान्तरले हराउँदै नगरमा गीता मेयरमा निर्वाचित भएकी हुन् ।

गीताले ७ हजार २९२ मत ल्याउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले चार हजार ११७ र जनता समाजवादीका साबीर अलीले ३ हजार ६६८ मत मात्र ल्याए।

यस्तै नगरपालिकाको उपमेयरमा नेकपा एमालेका सलीम कुमारी पासवान, माओवादी केन्द्रका शिव कुमार राम र एकीकृत समाजवादीका सुनिता कुमारी मुखियालाई हराउँदै नेपाली कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित भएका हुन्।

कार्कीले ६ हजार २७५ मत ल्याउँदा एमालेकी सलीम कुमारी पासवानले दुई हजार १०३, माओवादी केन्द्रका शिव कुमार रामले दुई हजार ४६७ र एकीकृत समाजवादीकी सुनीता कुमारी मुखियाले ३ हजार ९९८ मत मात्र ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved