सुर्खेतको भेरीगंगामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

गठबन्धनलाई हराउँदै नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा धनसरा बोहोरा विजयी भएका हुन्।

नेपालभ्युज

सुर्खेतको भेरीगंगामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन्।

गठबन्धनलाई हराउँदै नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा धनसरा बोहोरा विजयी भएका हुन्।

ढकालले १० हजार १२ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद सिंहले ९ हजार ७९७ मत ल्याएर पराजित भए।

उपप्रमुखमा एमालेका धनसरा बोहोरा विजयी भएकी छन्। बोहोराले ९ हजार ६१४ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नन्दबहादुर कार्की ८ हजार ९१३ मत ल्याएर पराजित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved