यो सरकारसँग क्षमतै छैन, जति टिक्यो त्यति नै समयको बर्बादी : योगेश भट्टराई

नेपालभ्युज

यो सरकारसँग क्षमतै छैन, जति टिक्यो त्यति नै समयको बर्बादी : योगेश भट्टराई
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसद्‍मा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि एमालेले असन्तुष्टि जनाएको छ। बजेट अधिवेशन शुरु भएसँगै  अर्थमन्त्री शर्माले मंगलबार बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्‍मा पेश गरेका थिए।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा अर्थमन्त्री शर्माले संसद्‍मा पेश गरेको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि एमालेका सचिव योगेश भट्टराईले पार्टीको आधिकारिक धारणा राख्दै सरकारसँग सिद्धान्त नै नभएको आरोप लगाए। उनले सरकारले गाडालाई एकतर्फबाट अगाडि तानिरहेको र अर्कोतर्फबाट पछाडि तानिरहेको टिप्पणी गर्दै प्राथमिकतामा प्राण नभएको बताए।

सरकारसँग क्षमता र इच्छाशक्ति नै नभएको बताउँदै उनले यो सरकारलाई राज्य संयन्त्रले नपत्याएको आरोप लगाए। उनले भने, ‘‘सरकारको क्षमता छैन, यो सरकारको इच्छाशक्ति नै छैन, त्यसैले यो सरकार जति समय बस्छ, त्यति नै समयको बर्बादीबाहेक केही पनि हुनेछैन।”

शिक्षा स्वास्थ्य जस्ता विषयलाई अर्थमन्त्रीले प्राथमिकतामा नराखेको उनले बताए। अघिल्लो वर्ष केपी ओली सरकारको पालामा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ३९६ ओटा आधारभूत अस्पताल निर्माणका लागि बजेट छुट्याएकोमा  अहिले त्यो विषय नै नसमेटेकोमा उनले आपत्ति जनाए।

‘‘अर्थमन्त्रीले प्रतिनिधिसभामा पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता गठबन्धन सरकार एकातर्फबाट अगाडिबाट अर्कोतर्फबाट पछाडिबाट तानिरहेको जस्तो देखिन्छ,” उनले भने, ‘‘यसमा ज्यान पनि छैन, प्राण पनि छैन। यसमा सिद्धान्त नै छैन। कुनै प्राथमिकता नै छैन यसमा। यसमा एमालेको गम्भीर टिप्पणी छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved