महोत्तरीको मनरा शिसवाको मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

नगर प्रमुखमा कांग्रेसका मोहन पाण्डे ५ हजार ८८४ मत प्राप्त गरी विजयी भएका छन्।

नेपालभ्युज

महोत्तरीको मनरा शिसवाको मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

जनकपुरधाम। महोत्तरीको मनरा शिसवा नगरपालिकामा मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

नगर प्रमुखमा कांग्रेसका मोहन पाण्डे ५ हजार ८८४ मत प्राप्त गरी विजयी भएका छन्। उपमेयरमा कांग्रेसकी शकुन्तला देवी ५ हजार ७४५ मत प्राप्त गरी विजयी भइन्।

मेयरमा विजयी पाण्डेका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र रायले ४ हजार ९२० मत पाए।

त्यस्तै, उपमेयरमा जसपाकी निर्मलाकुमारी देवी सिंहले ४ हजार ८४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मनरा शिसवाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved