जुम्लाको तिला गाउँपालिकाको दुवै पदमा माओवादी केन्द्र विजयी

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक हजार ९३६ मतका साथ विजयी भएका छन्।

नेपालभ्युज

जुम्लाको तिला गाउँपालिकाको दुवै पदमा माओवादी केन्द्र विजयी

खलंगा। जुम्लाको तिला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक हजार ९३६ मतका साथ विजयी भएका छन्।

उपाध्यक्षमा माओवादी केन्द्रकै गोरीकला बुढाले दुई हजार चार मतका साथ विजयी हुँदा कांग्रेसका सुष्मा श्रेष्ठले एक हजार ८०६ मत ल्याइन्।

यसअघि, तिलामा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved