राजापुर नगरपालिकामा माओवादी केन्द्रको जित

नेपालभ्युज

राजापुर नगरपालिकामा माओवादी केन्द्रको जित

बर्दिया। बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) ले जित हासिल गरेको छ।

नौ हजार ८०७ मत ल्याएर माओवादी केन्द्रका दिपेश थारु मेयरमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले नौ हजार ७६० मत पाए भएने नेकपा एमालेका पहारी चौधरीले ६ हजार ७२ मत ल्याए।

उपमेयरमा पनि माओवादी केन्द्रले नै जित हासिल गरेको छ। माओवादीकी मनकला कुमारी चौधरी १० हजार ८६ मतसहित उपमेयरमा निर्वाचित भइन्। उनकाे निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत पाइन् भने नेकपा एमालेकी सावित्री शर्मा बख्रेलले पाँच हजार ४२२ मत पाइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved