धनुषाको जनकनन्दनीमा जसपाबाट अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

नेपालभ्युज

धनुषाको जनकनन्दनीमा जसपाबाट अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

जनकपुरधाम। धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिपिन देव यादव विजयी भएका छन्। ३ हजार १ सय ५७ मतसहित उनी विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश चौधरीले २ हजार ७ सय ७८ मत प्राप्त गरेको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका कमला सहगल २ हजार ९ सय ९८ मतसहित निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका गीता सुँढीले २ हजार ८ सय ४० मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved