मत परिणामप्रति माधव नेपाल असन्तुष्ट

नेपालभ्युज

मत परिणामप्रति माधव नेपाल असन्तुष्ट

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समीक्षा गर्नुपर्ने बताएका छन्।

मंगलबार २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन्।

उनले स्थानीय तह निर्वाचनको परिणामप्रति पनि असन्तुष्टि जनाए। ‘‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ। हामी निर्वाचन र गठबन्धनको समीक्षा गरेर अगाडि बढ्नेछाैँ,’’ उनले भने, ‘‘कतिपय ठाउँहरुमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गठबन्धन दलका सदस्यहरुले हामीसँग सहकार्य गर्न चाहेनन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved