ढोरपाटनमा गठबन्धनलाई हराउँदै एमाले विजयी

नेपालभ्युज

ढोरपाटनमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं। बागलुङको ढोरपाटन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका देबकुमार नेपालीले ५ हजार ७३५ मत प्राप्त गरे।

दोस्रो स्थान हासिल गरेका माओवादीका चन्द्र लाल अर्यालले ५ हजार १३५ मत प्राप्त गरे।

उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भयो। कांग्रेसका धनबहादुर कायतले ५ हजार ६५० मत ल्याएर विजयी हुँदा एमालेकी तारा कुमारी पुनले ४ हजार ८८४ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved