२४० स्थानीय तहको नजिता, कांग्रेस १०९, एमाले ६३ तहमा विजयी

देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ। स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहँदा धेरै स्थानीय तहमा कांग्रेस विजयी भएको छ।

नेपालभ्युज

२४० स्थानीय तहको नजिता, कांग्रेस १०९, एमाले ६३ तहमा विजयी

काठमाडौं। देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ। स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहँदा धेरै स्थानीय तहमा कांग्रेस विजयी भएको छ।

कांग्रेसले अहिलेसम्म १ सय ९ स्थानीय तहमा जितेको छ। १ सय ९५ स्थानीय तहमा अग्रता कायम राखेको छ।
नेकपा एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म एमाले ६३ स्थानमा विजयी भएको छ। १ सय ३५ स्थानीय तहमा अगाडि छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

माओवादी केन्द्रले अहिलेसम्म ५५ स्थानीय तहमा जितेको छ। ६२ स्थानीय तहमा अग्रता छ। त्यसैगरी एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी अहिलेसम्म ४ स्थानीय तहमा विजयी भएको छ। १४ स्थानीय तहमा अघि छ। जसपाले अहिलेसम्म २ स्थानीय तहमा जितेको छ। ३० स्थानीय तहमा अघि छ। स्वतन्त्र उम्मेदवारले अहिलेसम्म ४ स्थानीय तह जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved