काठमाडौमा बालेन शाह ४ हजार २ सय ३८ मतले अगाडि, सुनिता डङ्गोलको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ। ताजा मत परिणामअनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाउनु भएको छ।

नेपालभ्युज

काठमाडौमा बालेन शाह ४ हजार २ सय ३८ मतले अगाडि, सुनिता डङ्गोलको अग्रता कायमै

काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ। ताजा मत परिणामअनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाउनु भएको छ।

उनी एमालेका मेयर उम्मेदवार केशव स्थापित भन्दा ४ हजार २ सय ३८ मतले अगाडि छन्।

स्थापितले अहिलेसम्म ४ हजार ९ सय ४८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी सृजना सिँहले ४ हजार ३ सय २० मत प्राप्त गरिन्।

उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ। यस्तै, ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काग्रेसका चिरिबाबु महर्जनकै अग्रता छ। प्राप्त मत परिणाम अनुसार उनले ५ हजार ९ सय ८४ मत प्राप्त गरेका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकारले २ हजार २ सय २० मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved