जलेश्वर नगरपालिकामा जसपाले खाता खोल्यो

नेपालभ्युज

जलेश्वर नगरपालिकामा जसपाले खाता खोल्यो

जनकपुरधाम। जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले खाता खोलेको छ। जारी मतगणना परिणामअनुसार जलेश्वर नगरपालिका १ को वडाध्यक्षमा अनिलकुमार झा विजयी भएका छन्।

झा ५४७ मत ल्याई विजयी भएका जलेश्वर नगरपालिकाको निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले बताए। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राकेशकुमार साहले ४२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत त्रितालले जनाए।

जलेश्वर नगरपालिका १ मा निर्वाचित वडाध्यक्ष झा यसअघि पनि सोही वडाको वडाध्यक्षमा निर्वाचित भई ५ वर्षे कार्यकाल पूरा गरी वैशाख ३० गते सम्पन्न भएको चुनावमा मनोनयन दर्ता गर्नुपूर्व पदबाट राजीनामा गरी पुनः चुनाव लडेका हुन्। झा १२० मतको अन्तरले विजयी भएका हुन्।

विजयी भएका वडा अध्यक्ष झाले जनताले अघिल्लो कार्यकालमा बाँकी रहेको अधुरो काम पूरा गर्ने जिम्मवारीकासाथ दोस्रो पटक जिताएको प्रतिक्रिया दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved