मतदाताको संख्याभन्दा बढी मतपत्र भेटिएपछि नगराईन नगरपालिकाको मतगणना स्थगित

नेपालभ्युज

मतदाताको संख्याभन्दा बढी मतपत्र भेटिएपछि नगराईन नगरपालिकाको मतगणना स्थगित

जनकपुरधाम। धनुषाको नगराईन नगरपालिकाको मतगणना स्थगित भएको छ।

मतदान अधिकृतको दस्तखत नभएको पाइएपछि नगराईन नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना स्थगित भएकाे हाे। लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए।

यस्तै उपस्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्याभन्दा बढी मतपत्र रहेको देखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना कार्य अर्को सूचना प्रकाशन नभएसम्म स्थगित गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved