कांग्रेसले धनुषाकाे नौ वडा जित्दा एमाले र माओवादी एउटामा सीमित

नेपालभ्युज

कांग्रेसले धनुषाकाे नौ वडा जित्दा एमाले र माओवादी एउटामा सीमित

जनकपुरधाम। धनुषाको विभिन्न पालिकाका १४ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ।

मतपरिणाम अनुसार नेपाली कांग्रेसले नौ ,नेकपा (एकीकृत समाजवादी) ले दुई तथा नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेले एक/एक स्थानमा विजय हासिल गरेका छन्।

कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका वडा नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ , बटेश्वर गाउँपालिका–१ र क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर २ र ७ को वडाध्यक्ष जितेकाे छ।

एकीकृत समाजवादीले जनकनन्दनी गाउँपालिका–१ र मिथिला नगरपालिका–१ को वडाध्यक्ष जित्दा नेकपा माओवादी केन्द्रले कमला नगरपालिका–१ , तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाम उपमहानगरपालिका–३ र नेकपा एमालेले क्षिरेश्वरनाथ नगरपालिका– ६ को वडाध्यक्षमा जित हासिल गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्रकुमार साह २७६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। यस्तै जनकपुरधाम उपमहानगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २९५, एमालेका सन्तोषकुमार साहले १५७ मत प्राप्त गरेका छन्।

यसअघि जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव (दिपु) विजयी भएका थिए। यस्तै धनुषाको मिथिला नगरपालिका–२ मा एकीकृत समाजवादीका बिहारी महतो एक हजार १२९ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांंग्रेसका उम्मेदवार मनोजकुमार सिंहले ९९३ मत ल्याएका छन् ।

धनुषाको मिथिला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७६५ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतो ६५८ मत प्राप्त गरेका छन्। धनुषाको मिथिला –२ मा एकीकृत समाजवादीका बिहारी महतो एक हजार १२९ मतका साथ विजयी भएको र उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार सिंहले ९९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिए।

धनुषाधाम १ को वडाध्यक्षमा कांग्रेसका विश्वनाथ यादव ६०८ मतका साथ विजयी भएका छन् भने धनुषाको मिथिला बिहारी –१ को वडाध्यक्षमा कांग्रेसका रामसोभित दाहा विजयी भएका छन्।

धनुषाको बटेश्वर गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका अशोककुमार महतो ५५२ मत प्राप्त गरी विजयी भएको र उनको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत प्राप्त गरेको निर्वाचन अधिकृत उद्धव ढोडारीले बताए।

धनुषाको कमला नगरपालिका–१ को वडाध्यक्षमा माओवादीका सर्वदेव यादव निर्वाचित भएका छन्। स्थानीय तह निर्वाचनको जारी मतगणना अनुसार यादवले ९९१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए। उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकुमार यादवले ५६५ मत प्राप्त गरेकाे उनले बताए।

त्यस्तै धनुषाको सबैला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन्। धनुषाको जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एकीकृत समाजवादीका सन्तोष गोइत निर्वाचित भएका छन्। उनले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए।

त्यस्तै क्षिरेश्वरना नगरपालिकाको वडा नं ७मा नेपाली काँग्रेसका मोबारक कवाडी र वडा नं २ मा देबु यादव विजयी भएका छन्। क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं ६ मा नेकपा एमालेका बिनोद गुप्ता विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved