मायादेवी मन्दिरमा मोदी

११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आइपुगेका मोदीले मायादेवी मन्दिरमा भूमि पूजा गर्न लागेका छन्।

नेपालभ्युज

मायादेवी मन्दिरमा मोदी

लुम्बिनी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी क्षेत्रभित्रको मायादेवी मन्दिर परिसर भ्रमण गरिरहेका छन्।

केही बेरअघि भारतीय वायु सेनाको हेलिकोप्टरमा लुम्बिनीस्थित हेलिप्याडमा ल्यान्ड भएका उनी लगतै मन्दिर परिसरको भ्रमणमा छन्।

११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आइपुगेका मोदीले मायादेवी मन्दिरमा भूमि पूजा गर्न लागेका छन्।

उनी त्यहाँ १२ बजेसम्म पूजा गर्नेछन्। त्यसपछि उनी साँढे १२ बजे मोदी पवन इन्टरनेशनल होटल पुग्ने तालिका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved