बझाङको मष्टा गाउँपालिका अध्यक्षमा कांग्रेसका बोहरा निर्वाचित

नेपालभ्युज

बझाङको मष्टा गाउँपालिका अध्यक्षमा कांग्रेसका बोहरा निर्वाचित

बझाङ। बझाङको मष्टा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका ज्ञानबहादुर बोहरा निर्वाचित भएका छन्।

बोहरा तीन हजार ८३ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले दुई हजार ३३७ मत प्राप्त गरे। बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए।

यस्तै एमालेकी शर्मिला रोकायालाई ४८७ मतान्तरले हराउँदै माओवादी केन्द्रका हर्कराज धामी उपाध्यक्षमा निर्वाचित भए। ​धामीलेले दुई हजार ८१७ मत प्राप्त गर्दा रोकायाले दुई हजार ३३० मत पाइन्।

सात वडा रहेको मष्टा गाउँपालिकामा गठबन्धनले ६ वटामा जितेको छ भने एक वडामा नेकपा एमालेले जित हात पारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved