मोदी लुम्बिनी आउँदै, यस्तो छ ६ घण्टे नेपाल बसाईको तालिका

नेपालभ्युज

मोदी लुम्बिनी आउँदै, यस्तो छ ६ घण्टे नेपाल बसाईको तालिका

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। २५६६ बुद्ध जयन्तीको दिन पारेर मोदी लुम्बिनी आउन लागेका हुन्।

मोदी नेपाली समय अनुसार बिहान १० बजेर ५५ मिनेटमा लुम्बिनी स्थित हेलिप्याडमा हेलिकोप्टरबाट ल्यान्ड गर्नेछन्। उनी ११ बजेर १५ मिनेटमा मायादेवी मन्दिर पुग्नेछन्। ११ बजेर ४५ मिनेटमा भूमि पूजा गर्नेछन्।

साँढे १२ बजे मोदी पवन इन्टरनेशनल होटल पुग्नेछन्। १२ बजेर ३५ मिनेटमा दुवै देशको परराष्ट्रका अधिकारीसँग भेटवार्ता हुनेछ।

१२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग मोदीको द्विपक्षीय भेटवार्ता हुनेछ।

दिउँसो १ बजे डेलिगेशनबीच भेटवार्ता हुनेछ। पौने २ बजे मोदी प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन्।

४ बजे मोदीले विशिष्ट अतिथिहरूसँग भेट गर्नेछन्। पौने ४ बजे बुद्ध जयन्ती समारोहलाई लुम्बिनीमा सम्बोधन गर्नेछन्।

५ बजेर १५ मिनेटमा मोदी भारतीय सेनाको हेलिकोप्टरबाट कुशिनगर प्रस्थान गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved