दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै देउवाले भने- लुम्बिनीमा पर्यटक अझै बढ्नेछ 

प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवाको गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनपछि लुम्बिनीमा पर्यटक बढ्ने विश्वास व्यक्त गरेका छन्। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्।

नेपालभ्युज

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै देउवाले भने- लुम्बिनीमा पर्यटक अझै बढ्नेछ 

भैरहवा। प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवाको गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनपछि लुम्बिनीमा पर्यटक बढ्ने विश्वास व्यक्त गरेका छन्। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्।

देउवाले विमानस्थल आयोजना समयमै पुरा गर्न सहयोग गर्ने निकायलाई धन्यवाद दिँदै आउँदा दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए।

यस्तै पर्यटन मन्त्री प्रेम आलेले आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ सैं घण्टा खुला रहने बताए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यावसायिक उडान सहित अवतरण गरेसँगै देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटनको लागि भैरहवामा प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटन मन्त्री प्रेम आलेलगायत पुगेका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटनको क्रममा दुई जहाज अवतरण गराएर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान प्रारम्भ भएको छ। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गराइएको छ। यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान प्रारम्भ भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved