हेटौँडा उपमहानगरमा नेकपा एसको अग्रता कायम, एमालेलाई राप्रपाले उछिन्यो

नेपालभ्युज

हेटौँडा उपमहानगरमा नेकपा एसको अग्रता कायम, एमालेलाई राप्रपाले उछिन्यो

काठमाडौं। हेटौँडा उपमहानगरपालिकाको मेयरका लागि भएको निर्वाचनमा गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच त्रिपक्षीय कडा प्रतिस्पर्धा भइरहेको छ।

८ हजार १५ मत गन्दा गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मीना लामाको अग्रता कायम छ।

उनलाई झिनो मतान्तरले राप्रपाका दीपक सिंहले पछ्याइरहेका छन्। यहाँ गठबन्धन र राप्रपाबीच ४९ मत मात्रै फरक रहेकोमा राप्रपाका सिंहले एमालेलाई पछि पार्दै २ हजार ३४९ मत ल्याएका छन्।

एमालेका अनन्त पौडेलको २ हजार १८२ मत रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved