बर्दिबास ८ मा पुनः मतगणना शुरु भएपछि एमालेको प्रदर्शन रोकियो

नेपालभ्युज

बर्दिबास ८ मा पुनः मतगणना शुरु भएपछि एमालेको प्रदर्शन रोकियो

जनकपुरधाम। महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरिएको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएपछि अहिले पुनस मतगणना शुरु भएको छ।

एमालेका अनुसार बर्दिबास नगरपालिकाको वडा नं ८ बाट शुरु गरिएको मतगणनामा अन्तिम सम्मको योगफलअनुसार नेकपा एमाले वडाध्यक्षका उम्मेदवार रुद्र बहादुर किङरिङले ३७ मतले जितेका थिए

तर निर्वाचन आयोगले पछि ९ मतले नेकपा माओवादीका उम्मेदवार शमशेर लामालाई षडयन्त्र गरेर विजयी भएको घोषणा गरे भन्दै एमालेले वरोध गरेको थियो।

एमालेले पहिले नै आफ्नो उम्मेदवार विजय भएको र सार्वजनिक गर्ने बेला धाँधली गरेर सार्वजनिक गरेको आरोप निर्वाचन कार्यालयलाई लगाएपछि मतगणना अवरुद्ध भएको थियो। एमालेको विवाद र प्रदर्शनको कारण करिब ५ घण्टा मतगणना अवरुद्ध भएको थियो।

एमालेका जिल्ला संयोजक तथा बर्दिबास नगरपालिकाका मेयरका उम्मेदवार टेकबहादुर बलम्पाकिले पुनः मतगणना गर्नुपर्ने मागअनुसार नै गर्ने सहमति भएपछि अहिले पुनः मतगणना शुरु भएको बताए।

निर्वाचन कार्यालय बर्दिबासले अहिले पुनः मतगणना फारम रुजु गर्न थालेको जनाएको छ। मत गणनामा कुनै धाँधली नभएकाले मतगणना फारम रुजु गर्ने कार्य भइरहेको निर्वाचन अधिकृत भोपेन्द्र सापकोटाले जानकारी दिए।

उनले फारम रुजु सकिएर आउने पुनः गणनाको परिणाम अन्तिम हुने बताए।

यता माओवादी भने पुनः मतगणनाकव कार्यको विपक्षमा भएकाले अब निस्किने परिणाम बद्लिएमा नमान्ने अडान राखेको छ। माओवादीका नेताका नेता राजन ढुंगानाले निर्वाचन कार्यालयले सार्वजनिक गरिसकेको परिणाम बदलिए कानूनी प्रक्रियाबाट सच्याउनुपर्ने माग रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved