विराटनगरमा नागेश र शिल्पाको फराकिलो अग्रता

नेपालभ्युज

विराटनगरमा नागेश र शिल्पाको फराकिलो अग्रता

विराटनगर। विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा (एमाले) की शिल्पा निराला कार्कीले अग्रता फराकिलो पार्दै लगेका छन्।

अहिलेसम्म गणना भएको ६ वडाको ३१०० मतमा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न्। यस्तै नेकपा एमालेका उम्मेदवार सागर थापाले ७७४ मत पाएका छन्। मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको मत २७७ छ।

महानगरको उपमेयरमा भने एमालेकी शिल्पा निराला कार्कीले ८५३ मतसहित अग्रता कायम गरेकी छन्। उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले ५४४ मत प्राप्त गरेका छन्। उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेको मत १६८ छ।

१ लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा ८९ हजार ७८९ मत खसेको थियो। अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना भइहरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved