कांग्रेसले दुई मतको अन्तरले जित्यो मुस्ताङको घरपझोङ गाउँपालिका

उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगर ६९३ मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत ल्याइन्।

नेपालभ्युज

कांग्रेसले दुई मतको अन्तरले जित्यो मुस्ताङको घरपझोङ गाउँपालिका

मुस्ताङ। नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष दुई मतको अन्तरले जितेको छ।

घरपझोङमा कांग्रेसका मोहनसिं लालचन ७६० मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाए।

उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगर ६९३ मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत ल्याइन्।

घरपझोङ गाउँपालिकामा १ हजार ५९८ मत खसेको थियो । वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ ।

घरपझोङको वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved