बर्दिबास मतगणना शुरु, स्वतन्त्र जेब्रा छापको अग्रता

सर्वदलीय बैठकको निर्णयपछि मतगणना शुरु गरिएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।

नेपालभ्युज

बर्दिबास मतगणना शुरु, स्वतन्त्र जेब्रा छापको अग्रता

जनकपुरधाम। महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना शुरु भएको छ।

सर्वदलीय बैठकको निर्णयपछि मतगणना शुरु गरिएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।

उनका अनुसार बर्दिबासको १४ ओटा वडामध्ये ८ नम्बर वडाबाट मतगणना शुरु गरिएको छ।

हात्तीलेट ‘क’ र ‘ख’ मतदान केन्द्रको मतपेटिकाबाट गणना थालिएको सापकोटाले जानकारी दिए।

अहिलेसम्म बर्दिबास ८ को ३०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार जेब्रा छाप ११९, नेकपा एमालेले ६९ र नेकपा माओवादी केन्द्रले ३० मत प्राप्त गरेका छन्।

बर्दिबासमा ४४ हजार ४६० मतदाता रहेका र ३१ हजार ६१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

कुल मतबाट बर्दिबासमा ७१.११ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved