भक्तपुरमा ६५ प्रतिशत मत खस्यो

जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् ।

नेपालभ्युज

भक्तपुरमा ६५ प्रतिशत मत खस्यो

भादगाउँ। भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको छ।

दिउँसो ३ बजेसम्म ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए।

स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ।

जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved