बरभञ्ज्याङकी ११३ वर्षीया वृद्धाले गरिन् मतदान

मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताइन्।

नेपालभ्युज

बरभञ्ज्याङकी ११३ वर्षीया वृद्धाले गरिन् मतदान

दमौली। तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेकी छन्।

पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्। ६ भदौ १९६६ मा जन्मिएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गरेकी हुन्।

मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताइन्। मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुगेकी थिइन्।

यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा शान्तिपूर्णरुपमा मतदान प्रक्रिया चलिरहेको जनाएको छ। मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved