मुगुमा कांग्रेस र माओवादीबीच झडप, प्रहरीद्वारा १० राउण्ड हवाई फायर

नेपालभ्युज

मुगुमा कांग्रेस र माओवादीबीच झडप, प्रहरीद्वारा १० राउण्ड हवाई फायर
सांकेतिक तस्वीर।

सुर्खेत। मुगुमा बुधबार राति नेपाली कांग्रेस र माओवादीका कार्यक्रताबीच झडप भएको छ।

मुगुको सोरु गाउँपालिका–३ भिँई गाउँमा बुधबार राती १ बजे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो।  भिँई गाउँ भिरालोमा रहेको र माओवादी केन्द्रका वडा अध्यक्षकी उम्मेदवार मनकोला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताले ढुङ्गा खसालेको भन्दै झडप शुरु भएको थियो।

अवस्था नियन्त्रणमा घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved