सभामुख सापकोटाले कुविण्डेकाे सेतीदेवी विद्यालयबाट मतदान गर्ने

नेपालभ्युज

सभामुख सापकोटाले कुविण्डेकाे सेतीदेवी विद्यालयबाट मतदान गर्ने

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट मतदान गर्ने भएका छन्।

शुक्रबार हुन लागेको स्थानीय निर्वाचनमा उनले गृहजिल्ला सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्न लागेका हुन्।

भोलि स्थानीय निर्वाचन हुँदैछ। मतदानका लागि सर्वसाधारणदेखि पार्टीका शीर्ष नेता, कलाकारहरु आ–आफ्नो गृहजिल्ला पुगेका छन्।

सबै ठाउँमा मतदान तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved